२०८२ चैत्र १ गते आइतवार

माबी सौडियारका एक शिक्षिकाले विद्यालयमा उपस्थिती नै नभएको दिन हाजिरी गरेको फेला

दाङ,जेठ ९ । घोराही – ७ सौडियार स्थित माबी सौडियारमा बाल बिकास केन्द्रमा पढाउने एक जना सहयोगी शिक्षकले जेठ महिनामा उपस्थिती हुँदै नभएको ३ दिन हाजिर गरेको फेला परेको छ ।

बिद्यालय ब्यबस्थापन समितीको नियमीत अनुगमनको क्रममा उपस्थिती नै नभएको दिनमा हाजिरी गरेको भेटिएको हो ।

बिद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले बाल बिकास केन्द्रमा पढाउदै आएकि शिक्षिका पार्बती कवरले जेठ १०,११ र १२ गतेको हाजिरी गरेको भेटिएको बताए ।

बिद्यालयमा पढाउने शिक्षकले आफै नै लापरबाही तरिकाले हद पार गरेर यसरि उपस्थित नै नभएको दिनमा हाजिरी गरेर लज्जास्पद कार्य गरेको उनले बताए ।

बिब्यस सदस्य चौधरीले शिक्षक कवरलाई पहिलो पटक बिब्यसकोतर्फबाट सचेत गराइने र आगामी दिनमा यस्ता गल्ति दोहोर्याए स्पष्टिकरण सोधेर कारबाही गरिने बताए ।

उनले सामुदायिक बिद्यालयमा बेथितीहरु थुप्रै रहेको भन्दै समुदायले हस्तक्षेप गरेर सचेत गराउनु पर्ने बताए ।

हाजिरी बारे के–कस्तो हो भन्ने कुरा बुझ्न बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिइएको र आगामी बिब्यस बैठकमा स्वयम शिक्षकलाई उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधिने सदस्य चौधरीले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *