२०८२ चैत्र ३ गते मङ्गलवार

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

काठमाण्डौ,बैशाख ३१ । माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।

शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

थप जानकारी आयोगको वेबसाइट https://license.tsc.gov.np बाट लिन सकिनेछ ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *