२०८३ असोज २९ गते बिहिवार

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह

काठमाडौँ,बैशाख २० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ ।

सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन उल्लेख गरिएको छ ।

उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

नेपालभर एक सय दुई अङ्कको टेलिफोनबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।

हाल सबैको पहुँचमा पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको मन्त्रालयले सूचनामार्फत जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *