दाङको घोराही उपमहानगरपालिका वडा नं ०३ भैसिकुर स्थित शरद थापाको घरमा अवैध रुपमा जुवा खेली रहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । गोप्य सुचनाको आधारमा बिशेष प्रहरी टोलीले जुवातास खेली रहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
जुवातास खेली रहेको स्थानमा प्रहरीले ७ जना व्यक्तिबाट रु १,३५,००० रुपैया सहित पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।उनीहरुको नाम भने खुलाइएको छैन ।
प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार