२०८३ असोज २९ गते बिहिवार

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गराउन २१५ स्वास्थ्य संस्था नवीकरण

काठमाडौँ,बैशाख १३ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ संस्थाको इजाजत नवीकरण गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले प्रत्येक आर्थिकमा नवीकरण गर्नु पर्ने नियमअनुसार २१५ संस्थाहरूको नवीकरण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि मन्त्रालयमा सूचीकरण भएका संस्थाहरूले तोकिएको दस्तुर, कागजात र विवरणसहित नवीकरणका लागि आवेदन दिएअनुसार २१५ वटा संस्थाको अनुमति नवीकरण भएको हो ।

वैदेशिक रोजगारीमा जानेहरुले यीनै संस्थाहरू मार्फत स्वास्थ्य परीक्षण गराउन सक्छन् ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *