२०८२ चैत्र २ गते सोमवार

मावि रझेनामा विज्ञापन नै नखोलेर शिक्षकलाई हाजिरी

घोराही,बैशाख ९ । घोराही १८ मावि रझेनामा अख्तियारले एक जना शिक्षकलाई विशेष अदालतले सफाई दिएपछि विद्यालयले तिनै शिक्षकलाई विज्ञापन नगरेर हाजिरी गराएको छ ।

बिद्यालयका प्रअ उद्धब न्यौपानेलाई कानुनलाई लत्याउदै ती शिक्षकलाई हाजिरी गराएका हुन ।तर, घोराही उपमहानगर शिक्षा महाशाखाले त्यो प्रकृयाले कानुनि मान्यता नपाउने जनाएको छ ।

महाशाखाका प्रमुख विनोद गौतमले विज्ञापन गरेर शिक्षक नियुक्त गर्नुपर्नेमा अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको र अहिले विशेष अदालतले सफाई दिएपछि अस्थायि करारमा रहेका शिक्षकलाई विज्ञापन नै नखोलि हाजिरी गराउनु कानुन विपरीतको काम हुने बताए ।

‘विद्यालयले विशेष अदालतले सफाई दिएको कुरा महाशाखालाई जानकारी गराएको छ, विद्यालयमा अस्थायि करारमा रहेका शिक्षक गणेश केसिका विरुद्ध अख्तियारले मुद्धा चलाएको थियो, अहिले विशेष अदालतले सफाई दिएपनि डाइरेक्ट ल्याएर विद्यालयमा हाजिर गराउन मिल्दैन, त्यो कानुनि विपरीत हुन जान्छ, विज्ञापन अनिवार्य नै खोल्नुपर्ने हुन्छ ।’ महाशाखा प्रमुख गौतमले भने ।

विद्यालयका प्रअ न्यौपानेले महाशाखासंग कुनै समन्वय नगरेर र त्यसमा विद्यालय ब्यवस्थापन समितिको म्याद गएको वेला शिक्षक हाजिरी गराएको कुरा आएको छ, विज्ञापन नखोलि त्यस्तो काम गरेको पाईए महाशाखाले कानुनि दायरामा ल्याउने छ–गौतमले थपे ।

उनले अस्थायि करारमा रहेका शिक्षकहरुको १५ दिन अनुपस्थित रहे वा मुद्धा मामिला भए स्वतह निलम्वनमा पर्ने भएकाले त्यस्तो अवस्थामा अनिवार्य विज्ञापन गर्नुपर्ने कानुनि प्राब्धान रहेको जानकारी दिए ।

विशेष अदालतले सफाई दिएको भए सोही शिक्षकले पनि नयाँ विज्ञापन खुलेमा आवेदन दिन सक्ने पनि उनले बताए ।

सिटिईभिटीमा भर्ना गरीदिने भन्दै विद्यार्थिवाट पैसा उठाउनेक्रममा अख्तियारले विद्यालयका शिक्षकलाई रङ्गेहात समातेको थियो ।

शिक्षा समितिका संयोजक राममणि पाण्डेले जुनसुकै विद्यालयमा विज्ञापन विना शिक्षक राख्न नमिल्ने बताए । उनले विज्ञापन विना शिक्षक राखेको भए महाशाखाले स्वतह वदर गर्ने पनि बताए ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *