२०८२ चैत्र १ गते आइतवार

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते

चितवन,बैशाख ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् ।

आज बिहान ४ बजे भरतपुर(११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गोडामा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *