२०८३ असोज २९ गते बिहिवार

हुम्लामा आगलागी हुँदा दुई घर जलेर नष्ट

हुम्ला, माघ २२ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।

वडा अध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुई घरमा क्षति पुर्याएको बताए ।
उनका अनुसार आगलागीबाट छक्क सिंह र काली सिंहको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। सुरसिंह सिंहको घरमा आंशिक क्षति पुगेको बताए ।

दुई जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको कारण के कति क्षति भएको छ त्यसको विवरण आउन सकेको छैन्।

प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले आगलागी भएको क्षेत्रमा प्रहरी पुगेको जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *