काठमाडौं,माघ २० । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन्।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय जाने क्रममा गाडी दुर्घटनामा परेका भूसाललाई अस्पताल भर्ना गरिएको छ।
भूसाल सवार गाडी सडक डिभाइडरमा ठोक्किएपछि भूसाल केहीबेर बेहोस भएका थिए। उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ।
उनको स्वाथ्य अवस्था सामान्य रहेको जनाइएको छ।
प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार