पोखरा,माघ १६ । पोखरामा आइतबार शरीरमा आगो लगाएका युवकलाई बचाउन गएकी महिलाको मत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ काहुँखोलास्थित घरमा आगो लगाई आत्महत्याको प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई बचाउने क्रममा घाइते संगिता सापकोटाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिए ।
डा। खत्रीका अनुसार आत्महत्या प्रयास गर्ने क्षेत्रीको अवस्था सुधारोन्मुख रहेको छ ।
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
