२०८१ फाल्गुन ६ गते मङ्गलवार

अटो पल्टिदा ९ जना घाइते

तुलसीपुर,  माघ १४। चालकले रक्सी खाएर चलाएको अटो पल्टिदा दाङको तुलसीपुरमा–९ जना घाइते भएका छन् ।

घाइते हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका–८ निवासी २१ वर्षकी भुमा खड्का, सोही ठाउँ निबासी २७ वर्षका भरत कुमार वली, २५ वर्षका मानव ओली, २२ वर्षकी हरीकला वली खड्का, उनकी ८ वर्षकी छोरी आयन्सा खड्का, २५ वर्षकी चित्रकला वली, उनको छोरी २ वर्षकी प्रशंसा वली, ५ वर्षका छोरा निरज वली र तुलसीपुर उपमहानगरपालिका–७ निवासी गिरु भण्डारी रहेका छन् ।

गणेशपुर पार्कबाट तुलसीपुर जाँदै गरेको रा १ ह ६१६९ नम्बरको अटो दिउँसो साढे चार बजे पार्क नजिकै अनियन्त्रीत भएर पल्टिएको थियो ।

क्षमता भन्दा बढी यात्रु राखेको र मादक पदार्थ सेवन गरेर सार्वजनिक अटो चलाएकाले सार्वजनिक मुद्दा चलाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *