२०८३ असोज २९ गते बिहिवार

कानुनी परामर्शपछि सन्दीप खेल्ने / नखेल्ने तय हुन्छः क्यान

काठमाडौँ ,माघ १२ । नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको विषयमा खेल्ने नखेल्ने अहिले नै तय नभएको जनाएको छ।

अध्यक्ष चतुरबहादुर चन्दले कानुनी परामर्शपछि सन्दीपका विषयमा निर्णय गरिने बताए।

चन्ले भने, ‘सन्दीपको विषयमा संवेदनशीलल छौँ। नेपालका लागि चाहिने खेलाडी हुन्। सन्दीपको विषयमा कानुनअनुसार अघि बढ्छौं। कानुनी परामर्शपछि सन्दीपको विषय टुंग्याउँछौँ।’

उनले अहिले नेपाल टी–२० का कारण क्यानमाथि घेराबन्दी गरिएको भन्दै भने, ‘अहिले हामीलाई नेपाल टी–२० का कारण घेराबन्दी गरिएको छ। अब सन्दीपका विषयमा हामी कानुनी परामर्शपछि अघि बढ्ने छौँ।’

चन्दले आईसीसीले नेपालको कानुनले खेलाउने अधिकार दिन्छ भने आईसीसीलाई कुनै अप्ठेरो नपर्ने बताएको उनले जानकारी दिए।

चन्दले भने, ‘आईसीसीले हामीलाई कानुनले दिन्छ भने खेलाउन अनुमति दिएको छ। अब कानुनी परामर्शपछि सन्दीपको विषयमा अन्तिम निर्णयमा पुग्छौँ।’

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *