चितवन,माघ ७ । तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन्।
निकुञ्जले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा भेटिएको जानकारी दिएको छ।
करिब १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेको निकुञ्जले जानकारी दिएको हो।
स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए। पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ।
मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार