२०८३ असोज २९ गते बिहिवार

गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैद फैसला

नेपालगन्ज,पुस १९। गाउँपालिकाका अध्यक्षलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गरेको हो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषध सम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालत बाग्लुङका सूचना अधिकारीले जानकारी दिएका छन् ।

यसअघि निसीखोला गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष हुँदा वि.सं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागुऔषध गाँजा र चरेस सम्बन्धी कसुर २०७९ पुस तीन गते ठहर भएको थियो ।

हिजो जिल्ला अदालत बागलुङका न्यायाधीश डा।भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।

 

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *