२०८१ जेष्ठ ११ गते शुक्रवार

पर्सामा विद्यार्थीको अपहरणपछि हत्या गरेर ५० लाख रुपैयाँ फिरौती माग्ने शिक्षक पक्राउ

पर्सा ,पुस १३ । पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षकसहित दुई जना पक्राउ परेका छन् ।

वीरगञ्जमा रहेको गुरुकुल इङ्ग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षका विद्यार्थी निरजकुमार पासवानको अपहरणपछि हत्या गरेको आरोपमा त्यही विद्यालयका शिक्षक दिलीपकुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का श्यामप्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

विद्यार्थीको अपरहणपछि ५० लाख रुपैयाँ फिरौती मागेको म्यासेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० गिरीले बताए ।

कक्षा ८ मा अध्ययन गर्ने निरज हराएको भन्दै परिवारले गएको मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा मङ्सिर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा फिरौती मागेको म्यासेज देखिएको र त्यही आधारमा शिक्षक पटेल र यादवलाई पक्राउ गरेको डीएसपी गिरीले बताए ।

दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । निरजको शव विद्यालयको पुरानो भवन रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा गाडिएको अवस्थामा भेटिएको छ ।

निरजको अपहरण गरेकै दिन हत्या भएको र फिरौती भने १२ दिनपछि मागेको पाइएको छ । हत्यामा संलग्न एक जना फरार रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *