२०८२ माघ २६ गते सोमवार

गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो

काठमाडौं ,पुस ८ । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।

गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको भारतले दूतावास मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक-पटक पत्राचार गरेको थियो । सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो ।

नेपाली व्यवसायीले मन्त्रालय मार्फत भारतलाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आयातको माग गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *