२०८१ बैशाख १३ गते बिहिवार

बैतडीकी माया लुहारको हत्याको अनुसन्धान अन्तिम चरणमा, सोमबार प्रतिवेदन बुझाउने

बैतडी,पुस २ । बैतडीमा २१ वर्षीया माया लुहारको हत्या गरेको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।

अनुसन्धान सकेर सोमबार जिल्ला अदालत बैतडीमा प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘पर्सीसम्म प्रतिवेदन पुरा गरेर अदालतमा पठाउछौं, घाइतेको घटना विवरण कागज प्राप्त भएपछि अनुसन्धान पुरा हुन्छ,’ उनले भने।

गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंलमा २१ वर्षीय माया लुहार मृत अवस्थामा फेला परेकी थिइन्। उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।

त्यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार पनि घाइते अवस्थामा फेला परेकी थिइन्। उनको पनि घाँटीमै रेटिएको अवस्थामा घाइते फेला परेकी थिइन्।

मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका–४ शैलेडाका हुन्। उनीहरू १३ गते बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरू गरेको थियो।

यसमा सशस्त्र प्रहरीका जवान भरत कोलीको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरूषोत्तम थापाका अनुसार हत्या आरोपित भरत कोलीलाई निलम्बन गरिएको छ।

प्रहरीले पक्राउ गरेकै दिनबाट लागु हुनेगरी उनलाई निलम्बन गरिएको उनले जानकारी दिए।

अदालतले फैसला गरेअनुसार निलम्बनपछि उनलाई बर्खास्त गरिनेछ। हाल यस घटनाको अनुसन्धान जारी नै छ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *