२०८१ जेष्ठ १७ गते बिहिवार

बाघको आक्रमणबाट एक सिंगे गैँडाको मृत्यु

काठमाडौं,मंसिर २९ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ ।

निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो ।

बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ ।

अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको छ ।

बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो ।

अन्दाजी १५ वर्ष उमेरको उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आवमा मृत्यु हुने गैडाको संख्या ५ वटा रेकर्ड गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *