२०८३ भाद्र १० गते बुधवार

लागूऔषधसहित एक महिला पक्राउ

नेपालगञ्ज,मङ्सिर २७ । भारतमा नेपाली महिला लागूऔषधसहित पक्राउ परेकी छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित सीमावर्ती भारतीय बजार रुपैडिहामा पक्राउ परेकी हुन् ।

रुपैडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर इञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंह र एसएसबीको संयुक्त टोलीले शाहीलाई सोमवार राती १ बजे पक्राउ गरेको रुपैडिहा प्रहरीले जनाएको छ ।

करिब ७० लाख मूल्य पर्ने उक्त चरेशसहित पक्राउ परेकी शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार बहराइच चलान गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *