२०८१ बैशाख १२ गते बुधवार

वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ३ वर्षसम्म कुराउने म्यानपावर कारबाहीमा

काठमाण्डौ ,मंसिर २५ । वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भन्दै तीन वर्षसम्म कुराउने एक म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारबाही थालेको छ ।

पासपोर्ट र पैसा बुझेर तीन वर्षसम्म पनि नपठाएको भन्दै विभागमा आएको उजुरीका आधारमा काठमाण्डौको डिल्लीबजारमा रहेको सूर्य कर्पोरेशन प्रालीलाई विभागले कारबाही गरेको हो ।

यस्तै त्यो म्यानपावरले जापानसहित क्यानडा, अमेरिका लगायत देशमा पठाइदिने भन्दै संकलन गरेका ८० थानभन्दा बढी पासपोर्ट र अन्य कागजात बरामद गरेको विभागले जनाएको छ ।

गएको शुक्रबार अनुगमनको क्रममा त्यस म्यानपावर कम्पनीमा उपस्थित कर्मचारीलाई समेत प्रहरीको जिम्मा लगाइ आवश्यक कारबाही थालिएको विभागबाट जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *