झापा,मंसिर १८ । बिर्तामोडमा रहेको न्यूटन्स एजुकेसन एकेडेमीका संस्थापक हरिकुमार प्रसाईंको निधन भएको छ।
आइतबार बिहान संयुक्त राज्य अमेरिकामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनले शिक्षा क्षेत्रमै जीवन व्यतित गरेका थिए। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
बिर्तामोडका सगरमाथा बोर्डिङ स्कूल, दिपज्योति स्कूल, न्यूटन्सलगायत शिक्षण संस्थाहरू प्रसाईंकै सक्रियतामा स्थापना भएका थिए।
निजी शिक्षण संस्था स्थापना गर्न अघि उनी सरकारी विद्यालयमा शिक्षक थिए। उनी संस्थागत विद्यालयहरूको संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत भएका थिए।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
