काठमाडौं ,मंसिर १८। नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
लोकन्थलीस्थित काभ्रेका नवनिर्वाचित सांसद बास्कोटाको घरमा बम राखिएको खबर पाएलगत्तै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो।
फेला परेको शंकास्पद वस्तु बम नभएको सेनाले जनाएको छ।
छिमेकीले बास्कोटाको घरको पेटीमा बमजस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
