२०८१ माघ १३ गते आइतवार

डोटीमा वडाध्यक्ष जोशीको निधन

डोटी,मंसिर १५ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

हिजो गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए ।
उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उनको हृदयघातका कारण निधन भएको जिल्ला अस्पतालका डाक्टर सोहन शाहले बताए । जोशी गएको वैशाख ३० गते भएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *