पोेखरा, मंसिर ५ । मुस्ताङमा काँग्रेसले क्लिन स्विप गरेको छ । प्रतिनिधि सभाको एक र प्रदेशसभाका दुबै क्षेत्र जित्दै काँग्रेसले क्लिन स्विप गरेको हो ।
मुस्ताङ (क) मा काँग्रेसका नाम्डु गुरुङले १०४८ मत प्राप्त गरि निर्वाचित हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७९३ मत मात्रै प्राप्त गरेका थिए ।
विष्ट यसअघि यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । यो क्षेत्रमा १८५५ मत खसेकोमा १४ मत बदर भएका थिए ।
त्यस्तै प्रदेशसभा (ख) मा कांग्रेसका विकल शेरचन विजयी भएका छन । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दे शेरचन बिजयी भएका हुन ।
शेरचनले २७२३ मत प्राप्त गर्दा गौचनले २५६५ मत प्राप्त गरेका थिए । गौचन एमाले जिल्ला अध्यक्ष हुन ।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन । थकालीले ३९९२ मत मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरेका थिए ।