हुम्ला ,मंसिर ४ । हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजनाको ज्यान गएको छ।
मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको ज्यान गएको हो ।
मतदान गर्न मतदान केन्द्र जाने क्रममा कार्कीको हृदयघातका कारण ज्यान गएको हो ।
उनको मतदान केन्द्र नपुग्दै बाटोमा ज्यान गएको कोट माध्यमिक विद्यालयका मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार