२०८२ मङ्सिर २४ गते बुधवार

सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए

सोलुखुम्बु,मंसिर ३ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।

उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ । जिल्लामा निर्वाचनमा खटिएका मतदान अधिकृतको मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *