सल्यान,कात्तिक २८ । जिल्ला प्रशासन कार्यालय सल्यानले मेला महोत्सव ,खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा पुर्ण रुपमा रोक लगाएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने ध्येयले आज आइतबारदेखि निर्वाचन सम्पन्न नहुदा सम्म मेला महोत्सव ,जात्रा खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।
उनले भने,यस अघिनै जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको छ।
‘निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ, उनले भने,’मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर जस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा पनि रोक लगाउने निर्णय गरिएको छ।’