२०८१ साउन ६ गते आइतवार

राजस्व छल्ने २ वटा कम्पनीविरुद्ध साढे ४५ करोड रुपैयाँ जरिबानाको मागसहित मुद्दा दायर

काठमाण्डौ,कात्तिक २८ । राजस्व छलीको आरोपमा दुई वटा कम्पनी र प्रमुखविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले ४५ करोड रुपैयाँभन्दा धेरै बिगो र जरिबानाको माग गरेर काठमाण्डौ कुलेश्वरको अंकुश सप्लायर्सका प्रमुख प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एन्ड सप्लायर्सका आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमामा आज सोमवार राजस्व चुहावटको मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध २२ करोड ६३ लाख रुपैयाँ बिगो र बिगो बराबरकै सजाय हुने गरी ४५ करोड २७ लाख ६२ हजार रुपैयाँ जरिबानाको माग गरिएको छ ।

अंकुश ट्रेडर्स र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्क्ली तथा झुटा भ्याट बिल खरिद गरेर वित्तीय विवरणहरू तयार गरी कर छलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *