२०८२ मङ्सिर २४ गते बुधवार

दंगीशरणमा प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा

प्रमोद आचार्य, दंगीशरण, कात्तिक २५ । दंगीशरण गाउँपालिकाले बदर मत घटाउनका लागि पालिकाभित्र रहेका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिएको छ ।

निर्वाचन आयोगले प्रत्येक पालिकाहरुलाई महिला स्वयम सेविकामार्फत मतदाता शिक्षा प्रत्येक वडामा सञ्चालनका लागि कार्यविधि नै पालिकाहरुमा पठाएको छ ।

दंगीशरण गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बिनोद अधिकारीले पालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई मतदाता शिक्षा दिइएको बताए ।

उनले अन्यपालिकामा महिला स्वयमसेविकाहरु मार्फत मतदाता शिक्षा गाउँ गाउँमा पुरयाएपनि दंगीशरण गाउँपालिकाले थप प्रभावकारी बनाउनका लागि स्वयम सेविकाका साथै विद्यालयका प्रधानाध्यापकहरुमार्फत मतदाता शिक्षा दिइएको बताए ।

उनले जेष्ठनागरिक,निरक्षरहरुका लागि मतपत्र पट्याउने, स्वस्तिक छापको प्रयोग,मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरजस्ता सामान्य लाग्ने विषयबाटै मत बदरको संख्या बढ्दो क्रममा रहेकाले त्यस्तो कार्यलाई घटाउनका लागि दंगीशरण गाउँपालिकाका प्रमुख सम्भु गिरीले मतदाताले मतदान गरेपनि सामान्य कुरामा जानकारी लिन नसक्दा मत बदरको संख्या बढेकाले विद्यालयका प्रधानाध्यापकहरु मार्फत शिक्षा दिदा थप प्रभावकारी हुने अपेक्षा राखिएको बताए ।

उनले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनका लागि निर्वाचन आयोगले बजेट व्यवस्थापन नगरेपनि पालिकाबाटै बजेट व्यवस्थापन गरेर वडा वडामा महिला स्वयम सेविका पठाइएको बताए ।

उनले विद्यालयका प्रधानाध्यापकहरुलाई मतदान कार्यमा समेत खटाउने भएकाले हस्ताक्षर,स्वस्तिक छापजस्ता कुरामा ख्याल गर्न समेत आग्रह गरे ।

जिल्लामा अन्य पालिकाहरुले महिला स्वयम सेविकाहरुमार्फत मतदाता शिक्षा गाउँगाउँमा पुयाएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *