देउखुरी,कात्तिक २२ । माेटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका लमही नगरपालिका वडा १ कौडिया निवासी नरेश गोराथोकीकाे उपचारमा समस्या परेकाे छ ।
घाइते गोराथोकि लाई उपचार गर्न धेरै रकम लाग्ने भएपछी उपचारमा समस्या परेकाे हाे । कार्तिक १० गते माेटरसाइक दुर्घटनामा परेर गाेराथाेकी गम्भीर घाइते भएका थिए ।
हाल उनकाे भारत लखनउमा उपचार भइरहेकाे छ । उपचार गर्दा ३० देखि ३५ लाख सम्म खर्च लाग्ने भएकाे छ ।
उपचारकाे लागि सहयाेग गर्न परिवारजनले अपिल गरेका छन । परिवारजनले बैङ्क मार्फत सहयोग गर्न अपिल गरेका छन् ।
कृषि बिकास बैंक लमही शाखामा प्रशान्त बसेलकाे नाममा रहेकाे ०९१९००१५२६५०१०१५ नम्बरको खातामा रकम जम्मा गर्न अपिल गरिएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार