२०८१ साउन ५ गते शनिवार

शौचालयबाट भागेका बुढाक्षेत्री सात वर्षपछि पक्राउ

बर्दिया,कात्तिक २२ । बर्दियामा प्रहरीको आँखा छलेर ट्वाइलेटबाट भागेका ठाकुरबाबा नगरपालिका– ८ बस्ने आजिब बुढाक्षेत्री सात वर्षपछि पक्राउ परेका छन् ।

बुढाक्षेत्रीले १५ फागुन ०७२ सालमा ठाकुरबाबा नगरपालिका – ८ मै बस्ने जोरे थापाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

थापाको हत्यापछि पक्राउ परेका बुढाक्षेत्रीलाई प्रहरीले ३० फागुनमा जिल्ला अदालत बर्दियामा वयानका लागि लगेको थियो । सोही दिन शौचालय जान्छु भन्दै बुढाक्षेत्री शौचालयको भेन्टिलेटर फोडर भागेका थिए ।

त्यसपछि उनको खोजि कार्य तिब्र बनाएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । खोजि कार्य गर्दै जाँदा सात वर्ष पछि हिजो ९सोमबार० प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बुढाक्षेत्री शौचालयबाट भागेर भारत पुगेकाले पक्राउ गर्न समय लागेको बताए ।

उनले भारतबाट उनी घरमा आएको सूचनाका आधारमा गएको प्रहरी टोलीले पक्राउ गरी कारागार पठाएको जानकारी दिए ।

यसैबिच हत्या अभियोगमा पक्राउ परेका बुढाक्षेत्रीलाई दुई वटा मुद्धा लगाएर अदालतले ३० वर्ष कैद सजाय तोकेको छ । २४ पुस ०७३ मा जिल्ला अदालत बर्दियाले उनलाई कर्तव्य मुदा र थुनुवा व्यक्ति भागेको मुद्धा गरी ३० वर्ष कैद साजय तोकेको हो ।

अदालतको फैसलामा कर्तव्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन र थुनुवा भागेको मुद्दामा थप दिन कैद सजाय तोकेर ३० बर्ष कैद सजाय तोकिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *