२०८२ मङ्सिर २२ गते सोमवार

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाण्डौ ,कात्तिक २२ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।

उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेबुको रचना गरे । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराए ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिमा रहेको राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए ।

यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विशेष कार्यक्रम हुँदैछ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *