२०८२ मङ्सिर २४ गते बुधवार

कैलालीमा बसबाट खसेर मालिकको मृत्यु

धनगढी,कात्तिक २१ । कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको हो ।

प्रहरीकाअनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए ।

ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *