२०८१ साउन ९ गते बुधवार

सामुदायीक सेवा केन्द्रको आठौँ साधारण सभा

शिवराज खनाल,दाङ,कात्तिक १६ । देउखुरी सामुदायीक सेवा केन्द्रको दाङको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन लमहीमा सम्पन्न भएको छ ।

सेवा केन्द्रका अध्यक्ष किरण बिक्रम शाहको अध्यक्षतामा बुधबार लमहीमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वडा प्रहरी कार्यलय लमहीका प्रहरी निरीक्षक पुष्प राज थापाले प्रहरीले एक्लै अपराध न्युनीकरण गर्न गा¥हो हुने भएकोले प्रहरी संगै समुदाय पनि संगै रहे अपराध नियुनिकरण गर्नमा सहज हुने बताए ।

त्यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुसाल देउखुरी सामुदायिक सेवा केन्द्रले देउखुरीमा हुने गरेका लैगिंक हिंसालाई रोकथाम गर्न विभिन्न जनचेतनामुलक कायक्रम गर्दै आएको र यसले समाजमा सकारात्मक संदेश प्रदान गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

सेवा केन्द्रका सल्लाहकार पुष्पराज अधिकारीले समुदायमा हुने गतिविधि लाई ससक्त रुपमा अगाडी बढाउन यस सस्थाको महत्त्वपूर्ण भुमिका रहेको र समाजमा हुने हिंसालाई प्रहरीसगं समन्वय गर्दै रोकथाम गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा वार्षिक प्रतिबेदन केन्द्रकी सचिव सीतादेबि चौधरीले प्रस्तुत गरेकी थियन भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपा खत्रीले गरेकी हुन ।

नयाँ कार्यसमिति चयन,अध्यक्षमा शाह

देउखुरी सामुदायिक सेवा केन्द्रको नयाँ कार्यसमिति समेत चएन गरिएको छ ।

अध्यक्षमा किरण बिक्रम शाह , उपाध्यक्षमा गोमा बस्नेत , सचिवमा सीतादेबि चौधरी , सह–सचिवमा निरन्जन सिहं ठकुरी , कोषाध्यक्ष दिपा खत्रीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कल्पना पछाइ , पुष्पा घिमिरे, तेजु नेपाली , दुःख हरण यादब रहेका छन । सल्लाहकार समितिमा पुष्पराज अधिकारी , लिला शाह , योगमाया शाही रहेका छन भने सेवा केन्द्रको प्रेस सल्लाहकारमा पत्रकार शिव राज खनाललाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *