२०८२ मङ्सिर २४ गते बुधवार

हुम्लामा २ महिनामा २ सुत्केरीको मृत्यु

हुम्ला ,कात्तिक १५ । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका ७ –की २४ वर्षकी पवित्रा शाही छत्यालको मृत्यु भयो ।

गाउँकै नजिकै स्वास्थ्य संस्थामा औषधी उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो ।

यही कात्तिक १५ गते ९मंगलबार० हुम्लाको अदानचुली गाउँपालिका-५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुर्‍याएको ६ घण्टापछि शाहीको मृत्यु भएको उनका आफन्त बलबहादुर शाहीले गुनासो गरे ।

गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा उनको मृत्यु भएको बलबहादुरको भनाइ छ ।

पवित्रा र रङ्गिता दुवै जनाको एक महिनाको फरकमा एउटै बेथाले मृत्यु भयो । उनीहरूको राम्रो अस्पतालमा पुग्न नपाइ मृत्यु भएको आफन्त बताउँछन् ।

हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाज टिकटको पाउन मुस्किल पर्छ । यसले गर्दा बिरामीहरूको समयमै अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *