२०८१ साउन ५ गते शनिवार

भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

काठमाडौं,कात्तिक १४ । भारतबाट जीटूजी ९सरकार–सरकार बीचको० खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ ।

सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए ।

पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो ।

यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मूल्यांकन भन्दा ५७।७७ डलरको आधारमा १।९४ प्रतिशत सस्तोमा मल किनिएको कार्कीले बताए ।

खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले मल ढुवानी गर्ने छ ।

२०७८ फागुनमा नेपाल र भारत बीच नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म खरिदका लागि जीटूजी सम्झौता भएको थियो ।

जसअनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ ।

यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौताअनुसार खरिद गर्नेछ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *