२०८२ मङ्सिर १९ गते शुक्रवार

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

काठमाडौं,कात्तिक १४ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो । बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बतायो ।

सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

एक नाबालिगाले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर थिए ।

उनलाई पक्रन नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यजन नोटिस जारी गरेको थियो ।

त्यसपछि सन्दीप काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *