२०८२ मङ्सिर १९ गते शुक्रवार

दिल्ली जान लागेको निगमको विमान विमानस्थलले रोक्यो

काठमाण्डौ ,कात्तिक १३ । भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ ।

दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडीको आरए–२१७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको हो ।

आज आइतवार उडान तालिका नभएकाले विमान रोकिदिएको अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

तालिका नभए पनि उडान गर्न तयार पारेर जाँच गरिरहेको अवस्थामा आफैँ गएर उडान रोकिदिएको ठाकुरले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डौबाट हुने उडान कटौती गरेको छ ।

उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए ।

बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेको ठाकुरले बताए ।

बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *