२०८२ मङ्सिर २४ गते बुधवार

घाँस काट्ने क्रममा करेन्ट लाग्दा पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा,कात्तिक ८ । पाल्पामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

घाँस काट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठको ज्यान गएको हो ।

मंगलवार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेजको लाइन छुन गइ करेन्ट लागेर भुइँमा खसेका विष्णुबहादुरलाई उपचारका लागी युनाइटेड मिशन अस्पताल पाल्पामा पठाए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *