२०८२ मङ्सिर २४ गते बुधवार

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली,कात्तिक ७ । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फस्न गई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *