२०८२ जेष्ठ ११ गते शुक्रवार

गठबन्धन दलका दलित अगुवा नेताहरुको भेला

तुलसीपुर,कात्तिक ६ । दाङ क्षेत्र नंं. ३ मा गठबन्धन दलका दलित भातृ संगठनहरुले भेला गरि विभिन्न समिति गठन गरेको छ।

नेपाल दलित संघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिश्वकर्माको संयोजकत्वमा १०१ निर्वाचन परिचालन समिती गठन गरिएको छ।

समितिको उपसंयोजकमा दलित मुक्ती मोर्चाका केन्द्रीय सदस्य खड्के सुनार र सदस्यहरूमा नेपाल दलित मुक्ती संगठनका केन्द्रीय सचिब शिव परियार, नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि घनश्याम सेर्पाइली, पूर्वमहाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली, दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य छवि परियार, काँग्रेसका प्रदेश प्रतिनिधि मेघराज सोनी, नेपाल दलित संघका पूर्व जिल्ला अध्यक्ष इश्वरी सुनार, नेपाल दलित संघका पूर्व क्षेत्रीय अध्यक्ष भिम बिश्वकर्मा, दलित मुक्ति मोर्चाका नगर उपसंयोजक जोगेन्द्र नेपाली, अनेरास्ववियु क्रान्तिकारी नगर अध्यक्ष अमर बिश्वकर्मा, गोपाल बिश्वकर्मा, तुलसीराम सुनार, किरन बिश्वकर्मा, बुद्धिमान बिक, मान बहादुर परियार, भुमा सुनार, तेज बहादुर बिस्वकर्मा, मनकली बिकलगायत दलित भातृ संगठनका विभिन्न प्रदेश, पालिका र इकाइ तहका पदाधिकारीहरु रहेका छन् ।

त्यस्तै सदस्य सचिबमा नेपाल दलित संघ लुम्बिनी प्रदेशका सहसचिब खेमराज बिक सेन्चुरी रहेका छन् ।

त्यस्तै प्रचारप्रसार कमिटीमा क्षेत्र नं. ३ क को संयोजकमा नेपाल दलित संघका भिम बिस्वकर्मा, उपसंयोजकमा नेपाल दलित मुक्ती मोर्चाका प्रकाश परियार र सदस्यमा नेपाल दलित मुक्ती संगठनमा चेत बहादुर बिक लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *