काठमाण्डौ ,कात्तिक ६ । राजनीतिज्ञ एवम् पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ थिइन । उनको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो।
उनलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उनी अविवाहित थिइन।
आज बिहान उपचारका क्रममा उनको निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए।
मैयाँदेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मीएकी थिइन ।
उनको पार्थिव शरीरलाई दिउँसो देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
