काठमाण्डौ ,असोज ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन ।
प्रधानन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाकासाथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन ।
प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गीबाट समेत सङ्क्रमित भएका थिए । गएको ७ गतेदेखि उनको उपचार भइरहेको थियो ।
जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
