घोराही,असोज २६ । दाङ युवा मञ्चले घोराही स्थित ‘पौवा होटल’मा आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष समिर वलीको अध्यक्षता तथा संस्थापक अध्यक्ष सविन प्रियासनको प्रमूख आतिथ्यमा
साधारणसभा सम्पन्न भएको हो ।
त्यस अवसरमा दाङ युवा मञ्चले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ । समिर वलीको अध्यक्षतामा निम्ति कार्यसमिति गठन गरेको छ।
उपाध्यक्ष निश्चल पोख्रेल, महासचिव शर्मिला खनाल, सचिव हिरा देवी बुढा , कोषाध्यक्ष जग्धिस घिमिरे, सह९कोषाध्यक्ष अभियान गौतम र सदस्यहरुमा कमल पुरी, विवेक ज्ञवाली, मिरा अधिकारी, पुर्णिमा अधिकारी, पुष्पा भुसाल, शिव राज सिहं ठकुरी, लुमाकान्त डाँगी, भेषराज सिहं चौहान , केशव रावत , मोहित बस्नेत र केशव गिरी रहेका छन ।
उक्त कार्यसमितिले नयाँ सल्लाहकारहरु चयन गरेको छ। जसको संरक्षकमा सविन प्रियासन ,वरिष्ठ सल्लाहकारमा भुपेन्द्र विक्रम थापा र सल्लाहकारहरुमा सुन्दर गौतम, रुपक थापा, साजिता सिद्दिकी र इन्द्र बहादुर रावत रहेका छन ।
साथै प्रेस सल्लाहकारमा छवि पुरी चयन भएका छन। उक्त अवसरमा दाङ युवा मञ्चले संस्थागत टिसर्ट र खेलकुद जर्सी समेत सार्वजनिक गरेको छ ।
