२०८१ साउन ९ गते बुधवार

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाण्डौ ,असोज २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन ।

निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए ।

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको गुनासोपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिए ।

मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन् ।

निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरु बीचबाटोमै अलपत्र परेका छन् ।

यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुमाएका छन् ।

प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *