२०८२ मङ्सिर १९ गते शुक्रवार

लगातारको वर्षाले जुम्लामा ५ दिनदेखि खानेपानी,बिजुली, टेलिफोनलगायतका सेवा बन्द

जुम्ला ,असोज २४ । लगातारको वर्षाले जुम्लामा गएको पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट लगायतका सेवा बन्द भएको छ ।

वर्षासँगै आएको बाढी र पहिरोका कारण चिमारामा खानेपानीको पाइप चुडिएको छ भने चट्याङका कारण नेपाल टेलिकमको जुम्ला सदरमुकामको मुख्य कार्यालयको ओडीयू सेट बिग्रिँदा टेलिफोन सेवा बन्द भएको छ ।

टेलिफोन बन्द हुँदा विपद्को सूचना लिनसमेत कठिन भइरहेको छ । ओडीयू सेटमा क्षति पुगेसँगै टेलिकमको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम जुम्लाका निमित्त प्रमुख पदमराज महताराका अनुसार ओडीयू सेट काठमाण्डौबाट ल्याउने तयारी गरे पनि मौसम खराबीले जहाज आउन नसकेको बताए ।

यसैगरी वर्षाका कारण पोलमा क्षति पुग्दा बिजुली सेवासमेत बन्द भएको छ । लगातारको वर्षाले कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा सडक पनि बन्द भएको छ ।

जुम्ला खण्डको गाडगडेनीमा ठूलो पहिरो खस्दा पाँच दिनदेखि यातायात सेवा बन्द भएको हो ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *