२०८१ साउन ५ गते शनिवार

देउखुरीको राप्ती किनारमा एक जनाको शव भेटियो

शिवु खनाल,देउखुरी, असोज २३ । देउखुरीमा एक जनाको शव भेटिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ का ५० वर्षिय गनेश्वर चौधरीको शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनोद केसीले जानकारी दिए ।

चौधरी शनिबार राप्ती नदिमा दाउरा छोप्ने क्रममा वेपत्ता बनाएको थिए ।

चौधरीको शवलाई आइतवार बिहान एघार बजे सशस्त्र प्रहरी वल नेपाल नं. २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रहरी निरीक्षक धनन्जय केसीको कमान्डमा खटिएको विपद व्यवस्थापन टोलीले फेला पारेको थियो ।

चौधरीको शवलाई तीन किलोमीटर पर बगाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रमुख विनोद केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *