जुम्ला,असोज २२ । केही दिनदेखिको अविरल वर्षाका कारण जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जना बेपत्ता छन् भने दुई जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका दुई जनालाई उपचार निम्ति अस्पताल पठाइएको छ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
यसबीच गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनर्स्थापनामा केन्द्रित हुन गृह प्रशासन र प्रजिअलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार