२०८२ मङ्सिर २३ गते मङ्गलवार

पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा ,असोज २२ । पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

जिल्लाको निस्दी गाउँपालिका–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् ।

निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका-१ र निस्दी गाउँपालिका-१ को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका हुन् ।

शुक्रबार फर्किने क्रक्रममा रामपुर नगरपालिका कठैडाँडाबाट साखर्दी खाएर भएर बाकामलाङको डोकोडाँडा जाने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने खोला तरेका थिए । खोजीका लागि प्रहरी र स्थानयले प्रयास गरे पनि शनिबार बिहानसम्म बेपत्ताको अवस्था थाहा नभएको स्थानीय दानस मल्ल ठकुरीले जानकारी दिए ।

खोजी प्रयास जारी रहेको र स्थानीयलाई समेत खबर गरेर खोजी गर्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका- १, काशीवनमा खसेको पहिरोका कारण समस्या भएका केलादी प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *