काठमाण्डौ ,असोज २१ । काठमाण्डौको चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको ज्यान गएको छ ।
पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
